घटना

अनमी कुट्ने बैतडीका स्वास्थ्य चौकी इन्चार्ज लुहार कारागार चलान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी: अनमीलाई कुटपिट गर्ने  बैतडीकाे पुर्चौडी-७ स्थित कोटिला स्वास्थ्यचौकी इन्चार्ज सुमन लुहार पुर्पक्षका लागि कारागार चलान भएका छन्। लुहारले आफ्नै कार्यालयमा कार्यरत अनमी माया भट्टलाई  चैत २२ गते धनगढी-१ स्थित अदालत रोडमा कुटपिट गरेका थिए। भट्टले लुहारमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेकी थिइन्।

लोक कल्याणकारी विज्ञापन

कुटपिटबाट माया भट्टको टाउको र हातमा चोट लागेको थियो। लुहारले इट्टाले भट्टको टाउको र हातमा प्रहार गरेका थिए।

लोक कल्याणकारी विज्ञापन

कुटपिट लगत्तै पक्राउ परेका लुहारलाई  कैलाली प्रहरीको हिरासतमा राखेको थियो। लुहार विरुद्ध पीडित भट्टले ज्यान मार्ने उद्योगमा मुर्दा गरेको र अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको कैलाली प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले दिनेशखबरलाई बताए।

बिज्ञापन

‘लुहार विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको हो। अदालतबाट थुनामा पठाउने आदेश भएको छ,’ डिएसपी तिमिल्सिनाले बताए।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन