स्वास्थ्य

जनकपुरधाममा १२७ जनाले गरे रक्तदान, मानव एकताको सन्देश प्रवाह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नकपुर, १२ वैशाख । मानव एकता दिवसको अवसरमा सन्त निरंकारी मण्डल नेपाल, शाखा जनकपुरधामद्वारा आयोजित वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जनकचोकस्थित जनक मन्दिरको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा १२७ जनाले रक्तदान गरेका छन् ।

रक्तदातामध्ये २७ जना महिला र १०० जना पुरुष रहेका थिए । “रक्त नालीमा होइन, नाडीमा बगाऔँ” भन्ने मानवीय सन्देशसहित आयोजित कार्यक्रमले मानव सेवा, आध्यात्मिकता र सामाजिक उत्तरदायित्वको सशक्त सन्देश प्रवाह गरेको आयोजकले जनाएका छन् ।

बिज्ञापन

सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य तथा जनपुर क्षेत्रका प्रमुख अध्यक्ष बेचु रजकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश सभामुख राम अशिष यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

प्रमुख अतिथि यादवले रक्तदान जीवनदानको महान कार्य भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा मानवता, सहकार्य र सेवाभावको भावना अभिवृद्धि गर्ने बताए । उनले सन्त निरंकारी मण्डलले आध्यात्मिक चेतनासँगै सामाजिक सेवाका क्षेत्रमा निरन्तर उदाहरणीय कार्य गर्दै आएको उल्लेख गर्दै मानव एकता दिवसको सन्देशलाई व्यवहारमा उतार्न यस्ता अभियान प्रभावकारी हुने धारणा व्यक्त गरे ।

उनले रगत अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदानजस्ता कार्यक्रम अझ व्यापक रूपमा सञ्चालन हुनुपर्ने बताए । साथै, मानवता नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै समाजलाई एकता, सद्भाव र सेवाको मार्गमा अघि बढाउन सबैलाई आह्वान गरे ।

कार्यक्रमका अध्यक्ष बेचु रजकले सन्त निरंकारी मण्डलले आध्यात्मिकता र मानव सेवालाई सँगसँगै अघि बढाउँदै आएको उल्लेख गर्दै मानव एकता दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम समाजप्रति उत्तरदायित्वको प्रतिक भएको बताए । उनले “मानव सेवा नै साँचो भक्ति हो” भन्ने भावनासहित आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सन्त निरंकारी मण्डलका पदाधिकारी, स्थानीय समाजसेवी, युवा, महिला तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । आयोजकका अनुसार कार्यक्रमले जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक सद्भाव, मानवीय एकता र सेवाभावलाई थप सुदृढ बनाएको छ ।

त्यस्तै प्रकार झापामा पनि रक्तदान शिविरको आयोजना गरेर २६ पुरुष र १४ महिला गरि जम्मा ४० पिन्ट रगत संकलन गरिएको भद्रपुर झापाका सत्संग भवनका मुखी लक्की राईले बताउनुभयो छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।