आस्था /आध्यात्म

मानव एकता दिवसको अवसरमा दाङमा १०२ जनाद्वारा रक्तदान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

वैशाख २१, दाङ । मानव एकता दिवसको अवसरमा दाङमा आयोजित रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन् ।

सन्त निरंकारी मण्डल नेपालको आयोजनामा दाङ तुलसीपुर उपमहानगरपालिका–६ गोलौरास्थित सन्त निरंकारी सत्सङ भवनमा आयोजित शिविरमा ५५ जनाले रक्तदान गरेका छन् ।

बिज्ञापन

त्यसैगरी, दाङ गढवा गाउँपालिका–५ गंगापस्पुरस्थित सत्सङ भवनमा आयोजित अर्को शिविरमा २२ जनाले रक्तदान गरेका छन् भने घोराही सत्संग भवनमा २५ जना गरी दाङमा १०२ जनाले रक्तदान गरेको दाङका महात्मा दिन बहादुर जिसीले बताएकाछन् ।

तुलसीपुरस्थित रक्तदान कार्यक्रम सन्त निरंकारी सत्संग भवन दाङ शाखाकी मुखी शारदा जीसीको अध्यक्षता भएको थियो भने प्रमुख अतिथिका रूपमा तुलसीपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष यमकान्त भण्डारी सहभागी भएका थिए ।

दाङका महात्मा दिनबहादुर जीसीका अनुसार सन्त निरंकारी मिसनले सन् १९८० देखि अपे्रल २४ लाई मानव एकता दिवसका रूपमा विश्वभर मनाउँदै आएको छ । यस अवसरमा रक्तदान कार्यक्रम भने सन् १९८६ देखि बाबा हरदेव सिंह जीद्वारा सुरु गरिएको र बाबा गुरवचन सिंह जीको स्मृतिमा “रगत नालीमा होइन, नाडीमा बगाऔँ” भन्ने सन्देशसहित यो दिवस विश्वभर मनाइने गरिएको उहाँले बताउनुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।