जावलाखेलस्थित मुन म्यानपावरमा छापा, ४३७ पासपोर्ट र सात लाख ९० हजार रुपैयाँ बरामद

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित मुन म्यानपावरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छापा मारेको छ । श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि मन्त्रालयको टोलीले आज म्यानपावरमा छापा मारेको हो ।
छापाका क्रममा कार्यालयबाट ४३७ वटा राहदानी (पासपोर्ट) र रु सात लाख ९० हजार नगद बरामद भएको जनाइएको छ । बरामद नगदको कुनै रसिद फेला नपरेको यादवले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयबाट जानकारी आएपछि तत्काल अनुगमन तथा छापा प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । मन्त्रालयले म्यानपावर कम्पनीलाई सिल गरेर थप कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ । स्वकीय सचिव यादवले वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि गुनासो आएमा मन्त्रीको सचिवालय २४सै घण्टा तत्पर रहने बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
