अवर्गीकृत

लगातार २१औं वर्षसम्म शतप्रतिशत नतिजा कायम गर्न सफल वेस्ट विङ्ग, विद्यार्थीले ल्याए ४.० GPA

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

ललितपुर । महालक्ष्मी नगरपालिका–८ स्थित West Wing Secondary School ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पुनः उत्कृष्ट सफलता हासिल गरेको छ। विद्यालयबाट परीक्षामा सहभागी सबै ४६ जना विद्यार्थी शतप्रतिशत उत्तीर्ण भएका छन् भने विद्यार्थी Zeeus Tital ले ४.० GPA प्राप्त गर्दै विद्यालयको गौरव बढाएका छन्।

विद्यालयले लगातार २१औँ एसईई ब्याचसम्म शतप्रतिशत नतिजा कायम राख्न सफल भएको जनाएको छ। यसअघि २०७४ र २०७६ सालमा पनि विद्यालयका दुई विद्यार्थीले ४.० GPA प्राप्त गरेका थिए। यस वर्ष थप एक विद्यार्थीले पूर्ण GPA हासिल गरेसँगै विद्यालयको इतिहासमा हालसम्म तीन जना विद्यार्थीले ४.० GPA प्राप्त गर्न सफल भएका छन्।

बिज्ञापन

विद्यालयले गत वर्ष २०८१ सालको एसईई परीक्षामा महालक्ष्मी नगरपालिकाभर उत्कृष्ट नतिजा ल्याउँदै प्रथम स्थान हासिल गरेको थियो। साथै अनिवार्य गणित, विज्ञान, ऐच्छिक गणित तथा कम्प्युटर विषयमा समेत उत्कृष्ट उपलब्धि हासिल गरेको विद्यालयले जनाएको छ। यस वर्षको प्रारम्भिक नतिजाअनुसार विद्यालय महालक्ष्मी नगरपालिकामा प्रथम तथा ललितपुर जिल्लामा नवौँ स्थान हासिल गर्न सफल भएको विद्यालय प्रशासनले जानकारी दिएको छ।

विद्यालय प्रशासनका अनुसार विद्यार्थीहरूको मेहनत, अभिभावकहरूको निरन्तर सहयोग, शिक्षक तथा कर्मचारीहरूको समर्पित मार्गदर्शन तथा विद्यालय व्यवस्थापनको सक्रिय भूमिकाका कारण यो सफलता सम्भव भएको हो। विद्यालयका प्रधानाध्यापकले सफल सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्। साथै आगामी दिनमा विद्यालयले अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।