तरकारी काट्ने चक्कुले हानेर सालोको हत्या
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ । तरकारी काट्ने चक्कुको प्रहारबाट एकजनाको मृत्यु भएको छ ।
लोक कल्याणकारी विज्ञापन

शनिबार राति ९ बजे थानकोटमा यस्तो घटना भएको हो । खरिबोटमा डेरा गरी बस्ने महोत्तरीका ३८ वर्षीय समी अहमदले घरायसी विवादका क्रममा सालो नाता पर्ने २२ वर्षका जाकिर मन्सुरीको हत्या गरेका हुन् । जिल्ला प्रहरी परिसर, भद्रकालीले जनाएअनुसार तरकारी काट्ने चक्कु प्रहार गरी मन्सुरीको हत्या भएको हो ।
लोक कल्याणकारी विज्ञापन

उपचारका क्रममा सतुङ्गलस्थित मिड पोईन्ट अस्पतालमा मन्सुरी मृत घोषित भएका हुन् । हत्या अभियोगी समी अहमद प्रहरी वृत्त, थानकोटको नियन्त्रणमा छन् ।
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

