मुम्बई लोकलमा गेट खुला राख्ने विवादमा २२ वर्षीय नेपाली मयंक लोहारको हत्या

मुंबई: मुम्बई लोकल ट्रेनमा वर्षाका बेला गेट खुला राख्ने विषयमा यात्रुबीच भएको सामान्य विवादले हिंसात्मक रूप लिँदा २२ वर्षीय मयंक लोहारको चक्कु प्रहारबाट मृत्यु भएको छ।
प्रहरीका अनुसार विवादका क्रममा आरोपीले मयंकमाथि धारिलो हतियार प्रहार गरेका थिए। घटनापछि आरोपी चलिरहेको ट्रेनबाट हाम फालेर फरार भए पनि प्रहरीले ४०० भन्दा बढी सीसीटीभी फुटेजको विश्लेषण गर्दै २४ घण्टाभित्रै उनलाई पक्राउ गरेको जनाएको छ।

घटनापछि मयंकको परिवार शोकमा डुबेको छ। परिवारजनले दोषीमाथि कडा कानुनी कारबाही गर्दै फाँसीको सजाय दिन माग गरेका छन्। उनीहरूले सामान्य विवादका कारण एक निर्दोष युवाको ज्यान जानु दुःखद भएको भन्दै पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
यस घटनाले मुम्बई लोकलजस्ता भीडभाड हुने सार्वजनिक यातायातमा यात्रुको सुरक्षामाथि फेरि गम्भीर प्रश्न उठाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
