घटना

सर्प खेलाउँदा डसेर युवकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा  सर्प खेलाउँदै गर्दा उसले डसेर २३ वर्षका युवकको मृत्यु भएको छ ।

लोक कल्याणकारी विज्ञापन

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीका अनुसार छत्रदेव १ चिदिका बडडाँडाका २३ वर्षीय पुष्कर कुमालको सर्पले टोकेपछि उपचारका क्रममा मृत्यु भएको हो ।

लोक कल्याणकारी विज्ञापन

कुमालले सर्प समातेर खेलाउने क्रममा शुक्रबार साँझ टोकेपछि गम्भीर घाइते भएका थिए ।

बिज्ञापन

सर्पले डसेलगत्तै उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा अस्पताल पुग्नासाथ चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन