घटना

श्रीमती लिन ससुराली गएका युवकलाई सालोले जिउँदै जलाए, बचाउन गएकी सालीको पनि मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पञ्जाब (भारत) । भारतको पञ्जाब राज्यस्थित तरनतारण जिल्लामा श्रीमतीलाई घर फर्काउन ससुराली गएका एक युवकलाई उनका सालोले पेट्रोल खन्याएर आगो लगाउँदा मृत्यु भएको छ। घटनामा उनलाई बचाउन गएकी उनकी सालीको पनि उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रहरीका अनुसार जुन १३ मा तरनतारण जिल्लाको संघा गाउँमा भएको घटनामा लवप्रीत सिंहको घटनास्थलमै मृत्यु भएको हो। केही दिनअघि श्रीमान्–श्रीमतीबीच विवाद भएपछि उनकी श्रीमती सन्दीप कौर माइती गएकी थिइन्। त्यसपछि सम्बन्ध सुधार्ने उद्देश्यले लवप्रीत ससुराली पुगेका बेला उनका सालो साजन सिंहले उनीमाथि ज्वलनशील पदार्थ खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ।

बिज्ञापन

घटनामा लवप्रीतलाई बचाउने प्रयास गरेकी उनकी साली गुरजीत कौर पनि आगोको चपेटामा परेर गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भएको बताइएको छ।

आरोपी साजन सिंह पनि आगलागीमा गम्भीर घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले उनीविरुद्ध हत्या सम्बन्धी मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यस घटनासँग सम्बन्धित भनिएको सीसीटीभी भिडियो हालै सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। भिडियोमा एक व्यक्तिले स्कुटी नजिक उभिएका लवप्रीतमाथि ज्वलनशील पदार्थ खन्याएर आगो लगाएको तथा उनलाई बचाउन पुगेकी महिलासमेत आगोको चपेटामा परेको दृश्य देखिएको बताइएको छ। प्रहरीले भिडियोसहित उपलब्ध प्रमाणका आधारमा घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।