कैलाली

कर्णाली खुला राष्ट्रिय कराते प्रतियोगितामा कृष्टी बिष्टलाई स्वर्ण, लम्कीचुहाको सातौ पदक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २३ असार । कैलालीको लम्कीचुहा नगरपालिकाकी कराते खेलाडी कृष्टी बिष्टले प्रथम कर्णाली खुला राष्ट्रिय कराते प्रतियोगिता–२०२६ अन्तर्गत क्याडेट महिला ३५ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छन्।

असार २१ र २२ गते सञ्चालन भइरहेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बिष्टले आफ्नो तौल समूहमा प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक आफ्नो नाममा पार्न सफल भएकी हुन्।

बिज्ञापन

उनको स्वर्णसँगै प्रतियोगितामा लम्कीचुहा नगरपालिकाले सातौँ पदक जित्न सफल भएको छ। यस उपलब्धिले लम्कीचुहासहित समग्र कैलालीको खेलकुद क्षेत्रमा थप गौरव थपिएको छ।

देशका विभिन्न प्रदेश तथा जिल्लाबाट आएका कराते खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिता अझै जारी रहेको छ। प्रतियोगिता जारी रहेकाले लम्कीचुहाका अन्य खेलाडीबाट पनि थप पदक जित्ने अपेक्षा गरिएको आयोजक तथा स्थानीय खेलकुदकर्मीहरूले बताएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।