स्वास्थ्य

टीकापुरमा ओम कृष्ण अस्पतालको नयाँ भवनबाट सेवा सञ्चालन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २३ असार । कैलालीको टीकापुरस्थित ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टरले नयाँ सुविधासम्पन्न भवनबाट आफ्नो स्वास्थ्य सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरेसँगै टीकापुर तथा आसपासका क्षेत्रका नागरिकले आफ्नै क्षेत्रमा थप गुणस्तरीय, सहज र आधुनिक स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। निजी क्षेत्रको यस लगानीले स्थानीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै स्वास्थ्य क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरेको विश्वास गरिएको छ।

बिज्ञापन

स्वास्थ्य क्षेत्रको विकासमा निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन तथा पूर्वाधारका क्षेत्रमा लगानी वृद्धि गर्न सके टीकापुरलाई समृद्ध सहरका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुग्ने उनीहरूको भनाइ छ।

विकास सरकारको मात्र जिम्मेवारी नभई निजी क्षेत्रको सक्रिय लगानी र सहकार्य पनि उत्तिकै आवश्यक हुने उल्लेख गर्दै ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टरले स्वास्थ्य क्षेत्रमा गरेको लगानीलाई सकारात्मक कदमका रूपमा हेरिएको छ।

टीकापुरको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय लगानी गरी आधुनिक स्वास्थ्य सेवा विस्तारमा योगदान पुर्‍याएको भन्दै अस्पतालका अध्यक्ष कृष्ण बजगाईँप्रति आभार व्यक्त गरिएको छ। साथै, नयाँ भवनबाट सुरु भएको सेवाले स्थानीय नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्दै सफलतापूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।