स्वास्थ्य

म्याद गुज्रिएको औषधि प्रयोगको गुनासोपछि टीकापुर अस्पतालमा मन्त्रीको आकस्मिक अनुगमन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १६ कात्तिक । टीकापुर अस्पतालमा म्याद गुज्रिएको औषधि प्रयोग भएको जनगुनासो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापाले अस्पतालको आकस्मिक अनुगमन गरेकी छन् ।

लोक कल्याणकारी विज्ञापन

केही दिनअघि अस्पतालमा उपचारका लागि आएका बिरामीलाई म्याद गुज्रिएको औषधि प्रयोग गरिएको भन्दै गुनासो सार्वजनिक भएको थियो । उक्त विषयलाई लिएर बिरामी तथा स्थानीयले अस्पतालको औषधि व्यवस्थापन, भण्डारण र वितरण प्रणालीमाथि प्रश्न उठाउँदै आएका थिए ।

लोक कल्याणकारी विज्ञापन

गुनासोपछि अस्पताल पुगेकी मन्त्री थापाले औषधि भण्डारण कक्ष, फार्मेसी, उपचार कक्ष तथा अस्पतालको समग्र सेवा प्रवाहबारे जानकारी लिएकी थिइन् । उनले अस्पतालमा औषधिको व्यवस्थापन र बिरामीले पाइरहेको स्वास्थ्य सेवाको अवस्थाबारे समेत चासो राखेकी थिइन् ।

बिज्ञापन

अनुगमनपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री थापाले अस्पतालको सेवा प्रवाहसँगै भौतिक संरचनाको समस्यालाई पनि प्राथमिकतामा राखेर समाधान गर्नुपर्ने बताइन् ।

अस्पतालको जीर्ण भवनबारे ध्यानाकर्षण गराउँदै स्थानीय तथा अस्पतालका प्रतिनिधिले बिरामीको उपचार भइरहेकै बेला माथिबाट भवनका भाग खस्ने जोखिम रहेको बताएका थिए । उनीहरूले भवन निर्माणका लागि यसअघि विनियोजन गरिएको पाँच करोड रुपैयाँसमेत कटौती भएको विषय उठाउँदै सरकारको प्राथमिकतामाथि प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री थापाले अस्पतालको भवन निर्माण आवश्यक रहेको स्वीकार गर्दै यसलाई मन्त्रालयको प्राथमिकतामा राखेर समाधानका लागि छलफल गर्ने बताइन् ।

‘तपाईंहरूले उठाउनुभएको प्रश्न जनताकै हितसँग जोडिएको छ । यसलाई समाधान गर्नुपर्छ । म यहाँ आउँदैमा सबै समस्या तत्काल समाधान हुन्छन् भन्ने होइन । स्रोतसाधनको उपलब्धता पनि हेर्नुपर्छ,’ उनले भनिन् ।

उनले टीकापुर अस्पतालको समस्या समाधानका लागि मन्त्रालयमा आवश्यक छलफल गर्ने र सम्भव भएसम्म प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइन् ।

टीकापुर अस्पताल सुदूरपश्चिमको पूर्वी क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिने प्रमुख स्वास्थ्य संस्थामध्ये एक हो । तर, औषधि व्यवस्थापनसम्बन्धी गुनासो र जीर्ण भौतिक संरचनाका कारण अस्पतालको सेवा प्रवाह तथा बिरामीको सुरक्षामाथि प्रश्न उठ्दै आएको छ । अस्पतालका यी समस्या समाधानका लागि सम्बन्धित निकायले ठोस पहल गर्नुपर्ने स्थानीयको माग छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन