घटना

दैलेख दुर्घटना अपडेट: १५० किलोमिटर तल भेटिएको शव छोराले गरे बुबाको रूपमा सनाखत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ स्थित साङ्गेतडामा गत असार १८ गते भएको फोर्स गाडी दुर्घटनामा बेपत्ता रहेका कालिकोटको पचालझरना गाउँपालिका–९ निवासी मेखे (मेगे) तिरुवाको शव अन्ततः पहिचान भएको छ।

दुर्घटनास्थलदेखि करिब १५० किलोमिटर तल कैलालीको सोल्टा क्षेत्रमा कर्णाली नदी किनारमा हिजो फेला परेको पुरुषको शवलाई उनका २५ वर्षीय छोरा रविन्द्र तिरुवाले टिकापुर अस्पताल पुगेर आफ्नै बुबाको भएको भन्दै सनाखत गरेका हुन्। शव पहिचान गर्ने क्रममा उनले भावुक हुँदै आँसुका धारासहित बुबालाई अन्तिम पटक चिनेका थिए।

बिज्ञापन

उक्त दुर्घटनाले एउटै परिवारका दुई दाजुभाइलाई सधैँका लागि खोसेको छ। मेखे तिरुवाका दाजु जेखे तिरुवाको शव दुर्घटना भएकै दिन भीरमा फेला परेको थियो भने मेखे तिरुवा नदीले बगाएर करिब १५० किलोमिटर तल पुगेपछि मात्रै फेला परेका हुन्।

दुर्घटनास्थल दैलेख र शव फेला परेको स्थान कैलालीबीचको दूरीले कर्णाली नदीको तीव्र बहाव र त्यसको भयावह अवस्थालाई स्पष्ट रूपमा उजागर गरेको छ।

हालसम्म दुर्घटनाग्रस्त गाडी तथा अझै बेपत्ता रहेका अन्य तीन यात्रुको खोजीकार्य सम्बन्धित निकायबाट निरन्तर जारी रहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।