घटना

कैलालीमा एकै दिन लागूऔषधविरुद्ध प्रहरीको व्यापक कारबाही, दुई किशोरसहित १२ जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २८ असार । कैलालीका विभिन्न स्थानमा प्रहरीले शनिबार सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित दुई किशोरसहित १२ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट विभिन्न परिमाणमा लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका गोदावरी नगरपालिका–६ लालपुरका २० वर्षीय राहुल भुल र २० वर्षीय लोकेन्द्र खड्कालाई शंकाका आधारमा जाँच गर्दा ३ ग्राम ८०० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको थियो। उनीहरूलाई प्रहरी चौकी त्रिनगरको टोलीले नियन्त्रणमा लिएको हो।

बिज्ञापन

यस्तै, धनगढी–२ स्थित सिसा पोस्ट नजिकबाट गौरीगंगा नगरपालिका–८ बडैपुरका २० वर्षीय बेद धामीसहित चार जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूको साथबाट ११० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।

यसैगरी, धनगढी उपमहानगरपालिका–१ त्रिवेणीघाट क्षेत्रमा गरिएको चेकजाँचका क्रममा २१ वर्षीय अस्मित कठरिया र २३ वर्षीय मनिष चौधरीलाई २ ग्राम २७० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको छ। उनीहरूलाई अस्थायी प्रहरी पोस्ट शान्तिनगरको टोलीले नियन्त्रणमा लिएको हो।

टिकापुर नगरपालिका–१ स्थित साथी अस्पताल नजिकबाट भने १७ वर्षीय र १६ वर्षीय दुई किशोर पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले उनीहरूको साथबाट ३९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।

उता, बर्दगोरिया गाउँपालिका–२ बौनिया बजारबाट लम्कीचुहा नगरपालिका–८ गप्काका २७ वर्षीय महेन्द्र ओखेडा र मोहन्याल गाउँपालिका–६ सुगरखालका ३० वर्षीय उपेन्द्र जैशीलाई ३५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्तिमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। कैलालीमा पछिल्ला दिनहरूमा लागूऔषध ओसारपसार र कारोबार नियन्त्रणका लागि प्रहरीको निगरानी तथा कारबाहीलाई थप तीव्र बनाइएको जनाइएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।