घटना

कर्रा खोलाको बाढीले १२ चक्के ट्रक बगायो, चालक पौडिएर सकुशल उद्धार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हेटौँडा–१७, हटियास्थित कर्रा खोलामा आएको बाढीले १२ चक्के ट्रक बगाएको छ। तर चालक भने पौडिएर सकुशल ज्यान बचाउन सफल भएका छन्।

लोक कल्याणकारी विज्ञापन

आज बिहान करिब ७:४५ बजे शिवम् सिमेन्ट उद्योगमा ढुङ्गा अनलोड गरेर फर्कँदै गरेको ना ७ ख ७६५ नम्बरको आइचर ट्रक कर्रा खोलाको बाढीमा बगेको हो।

लोक कल्याणकारी विज्ञापन

ह्युम पाइप राखेर निर्माण गरिएको कल्भर्ट पार गर्ने क्रममा अचानक खोलामा पानीको बहाव बढेपछि ट्रक बगेको प्रहरीले जनाएको छ। ट्रकका चालक चितवनका ३४ वर्षीय दीपक थिङ भने तत्काल ट्रकबाट निस्केर पौडिएर सुरक्षित बाहिर आउन सफल भएका छन्।

बिज्ञापन

बाढीले बगाएको ट्रक भने हालसम्म खोलामै रहेको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन