आस्था /आध्यात्म

नेपाल, बिहार र झारखण्डका युवालाई एउटै मञ्चमा ल्याउँदै एन.वाई.एस.–२०२६

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, १ साउन। नेपाल, बिहार र झारखण्डका युवालाई सहभागी गराई संयुक्त रूपमा सन्त निरंकारी यूथ सिम्पोजियम (एन.वाई.एस.)–२०२६ आयोजना गरिने भएको छ।

लोक कल्याणकारी विज्ञापन

सत्गुरु माता सुदीक्षा जी महाराज तथा निरंकारी राजपिता जीको कृपाले आयोजना हुन लागेको उक्त सिम्पोजियम आगामी नोभेम्बर २६ देखि २८, २०२६ सम्म भारतको पटना, बिहार मा सञ्चालन हुने सुनिश्चित भएको आयोजकले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

सिम्पोजियममा नेपाल, बिहार तथा झारखण्डमा रहेका १५ वर्षदेखि ४५ वर्षसम्मका निरंकारी भाइबहिनीहरू सहभागी हुन सक्नेछन्। युवाहरूको व्यक्तित्व विकास, आध्यात्मिक चेतनाको अभिवृद्धि, नेतृत्व क्षमता विकास तथा आपसी सद्भाव र सेवाभावलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ।

बिज्ञापन

आयोजकका अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक युवाले तल उपलब्ध गराइएको अनलाइन दर्ता (रजिस्ट्रेसन) लिंकमार्फत आवश्यक विवरण भरी आफ्नो नाम दर्ता गराउनुपर्नेछ।

सहभागिताका लागि नाम दर्ता गर्ने अन्तिम मिति ३० जुलाई २०२६ (२०८३ साल साउन १४ गते) तोकिएको छ। समयभित्र अनलाइन दर्ता सम्पन्न गरी कार्यक्रममा सहभागिता सुनिश्चित गर्न आयोजकले सम्बन्धित सबै युवालाई अनुरोध गरेको छ।

सन्त निरंकारी यूथ सिम्पोजियम निरंकारी मिसनअन्तर्गत युवाहरूमा आध्यात्मिक मूल्य, सकारात्मक सोच, सामाजिक उत्तरदायित्व, नेतृत्व विकास तथा मानव एकताको भावनालाई सुदृढ बनाउने उद्देश्यले नियमित रूपमा आयोजना हुँदै आएको कार्यक्रम हो।

लिंक– https://events.nirankari.org/en/nys-bihar-jharkhand-and-nepal-2026/

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन