४८औं पुष्पलाल स्मृति दिवसका अवसरमा एमाले टीकापुर नगर कमिटीद्वारा वृक्षरोपण

टीकापुर, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटी टीकापुर, कैलालीले ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा टीकापुर नगरपालिका–१ स्थित खोटेना भुराखानी सामुदायिक वन क्षेत्रमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।

स्वर्गीय पुष्पलाल श्रेष्ठको स्मृतिलाई सम्मान गर्दै वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो। कार्यक्रममा एमालेका प्रदेश, जिल्ला, नगर तथा वडा तहका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तपेन्द्र रावल, कमला शाही र रेबन्त साउदको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी जिल्ला कमिटीका नेता मोती विक, भूपेन्द्र साउद, मोहन विक, गंगाराम आचार्य तथा उमेश तुलाचन सहभागी भएका थिए। पूर्व जिल्ला कमिटी सचिवालय सदस्य श्याम खत्रीको पनि कार्यक्रममा सहभागिता रहेको थियो।
यसका साथै एमाले नगर कमिटी टीकापुरका पदाधिकारी, जनप्रतिनिधि तथा ठूलो संख्यामा पार्टीका नेता–कार्यकर्ता र शुभेच्छुकहरूको सहभागितामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका वक्ताहरूले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठले देशमा लोकतन्त्र, सामाजिक न्याय र समानताका लागि पुर्याएको योगदानको स्मरण गर्दै उहाँका विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए। उनीहरूले समाज रूपान्तरणका अभियानसँगै वातावरण संरक्षणलाई पनि राजनीतिक तथा सामाजिक जिम्मेवारीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
वृक्षरोपण अभियानमा सहभागीहरूले रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमले वातावरणीय सन्तुलन कायम राख्न, हरियाली विस्तार गर्न तथा स्थानीय समुदायमा संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।
एमाले नगर कमिटी टीकापुरले पुष्पलाल स्मृति दिवसलाई केवल स्मरण दिवसका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्वसँग जोडिएका रचनात्मक कार्यक्रममार्फत मनाउने परम्परालाई निरन्तरता दिँदै आएको जनाएको छ। यस वर्षको वृक्षरोपण कार्यक्रमले वातावरण संरक्षण र सामाजिक सेवाप्रतिको पार्टीको प्रतिबद्धतालाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.