निगुरो टिप्न जंगल गएकी ६२ वर्षीया महिला अझै सम्पर्कविहीन, खोजी जारी

धनगढी — कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित बिरेन्द्र सामुदायिक वन क्षेत्रमा निगुरो टिप्न गएकी एक महिला बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा अन्दाजी ६२ वर्षीया केशरी बोहरा रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार शुक्रबार बिहान निगुरो खोज्न जंगल गएकी बोहरा साँझ अबेरसम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झलारी र गुलरियाबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति नै खोजी अभियान सञ्चालन गरेको भए पनि बोहराको अवस्था पत्ता लाग्न सकेन।
प्रहरीका अनुसार शनिबार बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको संयुक्त टोलीले जंगल क्षेत्रमा पुनः सघन खोजी अभियान सञ्चालन गरिरहेको छ।
प्रहरीले बेपत्ता महिलाको खोजीलाई तीव्र बनाइएको जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
