घटना

घर लिप्न माटो खन्न गएकी नवविवाहिताको ज्यान गयो, विवाहको तीन महिनामै परिवारमा शोक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुर्खेत, १० साउन । घर लिपपोतका लागि माटो खन्न जंगल पुगेकी एक नवविवाहिताको माटोको ढिस्कोले पुरिँदा मृत्यु भएको छ। घटनाले विवाह भएको तीन महिनामै एक परिवारको खुसीलाई शोकमा परिणत गरेको छ।

जिल्लाको भेरीगंगा नगरपालिका–७ स्थित खुरिल्ला जंगलमा शनिबार बिहान १८ वर्षीया निर्मला विकको माटो निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिँदा घटनास्थलमै मृत्यु भएको हो।

बिज्ञापन

प्राप्त जानकारीअनुसार निर्मला छिमेकीसहित चार जना महिलासँग घर लिप्न आवश्यक माटो संकलन गर्न जंगल पुगेकी थिइन्। माटो खन्दै गर्दा अचानक ठूलो ढिस्को खस्दा उनी पुरिएकी हुन्। स्थानीयवासीले तत्काल उद्धारको प्रयास गरे पनि उनलाई बचाउन सकेनन्।

निर्मलाको माइती भेरीगंगा नगरपालिका–६ किचमा रहेको छ। परिवारका अनुसार उनको करिब तीन महिनाअघि मात्रै भेरीगंगा–७ कार्कीगाउँमा विवाह भएको थियो। नयाँ जीवनको सुरुवातमै भएको यो दुर्घटनाले दुवै परिवार शोकमा डुबेका छन्।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, भिरालो तथा जंगल क्षेत्रमा माटो उत्खनन गर्दा सुरक्षा सावधानी अपनाउन र जोखिमयुक्त स्थानमा एक्लै वा असुरक्षित ढंगले काम नगर्न स्थानीयवासीलाई आग्रह गरिएको छ।

यो घटनाले घरायसी प्रयोजनका लागि गरिने सामान्य देखिने कामसमेत पर्याप्त सावधानी नअपनाउँदा ज्यानै जाने जोखिम हुन सक्ने तथ्यलाई फेरि एकपटक उजागर गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।