घटना

जेन्जी आन्दोलनमा घाइते युवासँग सांसद कोमल ज्ञवालीको भेट, प्रभावकारी उपचार र न्यायको माग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

जोशीपुर, १२ साउन । सुदूरपश्चिमकी सांसद कोमल ज्ञवालीले जेन्जी आन्दोलनका क्रममा आँखामा गोली लागेर घाइते भएका जोशीपुर गाउँपालिका–५ का एक युवासँग भेटघाट गर्दै उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।

उहाँले उपचाररत घाइते युवासँग भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभएको हो।

भेटपछि प्रतिक्रिया दिँदै सांसद ज्ञवालीले आन्दोलनका क्रममा घाइते भएका सबैले समयमै प्रभावकारी उपचार, आवश्यक सहयोग तथा न्याय पाउनुपर्नेमा जोड दिनुभयो। उहाँले यस्ता पीडादायी घटनामा राज्यले घाइतेहरूको उपचार र पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

“यस्तो पीडादायी घटनाबाट घाइते भएका सबैले समयमै प्रभावकारी उपचार, उचित सहयोग र न्याय पाउनुपर्छ भन्ने मेरो दृढ विश्वास छ,” सांसद ज्ञवालीले भन्नुभयो, “घाइते भाइको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना गर्दछु।”

उहाँले घाइते युवा छिट्टै स्वास्थ्यलाभ गरी सामान्य जीवनमा फर्किन सकून् भन्ने शुभकामना व्यक्त गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आवश्यक ध्यान दिन पनि आग्रह गर्नुभयो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।