घटना

दार्चुलामा काठे पुल भाँचिँदा खोलामा बगेका पुरुष मृत फेला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दार्चुला, १२ साउन । दार्चुलामा काठे पुल भाँचिँदा खोलामा बगेका एक पुरुषको मृत्यु भएको छ। मृतक मालिकार्जुन गाउँपालिका–८ निवासी अन्दाजी ५५ वर्षीय धनसिंह धामी रहेको प्रहरीले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

प्राप्त जानकारीअनुसार सोमबार साँझ धामी घर फर्किने क्रममा मालिकार्जुन गाउँपालिका–८ स्थित आरबाटा क्षेत्रको बारबाली खोला तर्ने क्रममा काठे पुल एक्कासि भाँचिएको थियो। पुल भाँचिएसँगै उनी खोलामा बगेर बेपत्ता भएका थिए।

लोक कल्याणकारी विज्ञापन

घटनालगत्तै स्थानीय बासिन्दा र प्रहरीको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरेको थियो। स्थानीय हिक्मत धामीका अनुसार राति अबेरसम्म खोजी गर्दा पनि उनी फेला पर्न सकेका थिएनन्।

बिज्ञापन

मंगलबार बिहान पुनः खोजीका क्रममा धामीको शव घटनास्थलबाट केही तल गाडखोला क्षेत्रमा फेला परेको स्थानीय स्रोतले जनाएको छ। शव फेला परेपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यस घटनापछि स्थानीयवासीले जोखिमपूर्ण अवस्थाका काठे पुलहरूको मर्मत तथा सुरक्षित वैकल्पिक संरचना निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। वर्षायाममा खोलानालाको बहाव बढ्ने भएकाले जोखिमयुक्त पुल प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन