राष्ट्रिय समाचार

सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न आरोपमा तराईका ६ जिल्लाबाट ३९ जना पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं। तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा ३९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

लोक कल्याणकारी विज्ञापन

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखेर सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा संलग्नताको विषयमा थप अनुसन्धान अघि बढाइएको छ।

लोक कल्याणकारी विज्ञापन

प्रहरीका अनुसार धनुषाबाट सबैभन्दा बढी २१ जना पक्राउ परेका छन्। त्यस्तै सर्लाहीबाट ९ जना, सिरहाबाट ५ जना, महोत्तरीबाट २ जना, पर्साबाट १ जना र सप्तरीबाट १ जना नियन्त्रणमा रहेका छन्।

बिज्ञापन

यसअघि बिहीबार पक्राउ परेका धनुषाका १२ जना, महोत्तरीका १० जना र सिरहाका ३ जना गरी २५ जनालाई आवश्यक अनुसन्धानपछि हाजिर जमानीमा रिहा गरिएको डीआईजी काफ्लेले जानकारी दिए।

प्रहरीले पछिल्ला दिनहरूमा केही जिल्लामा देखिएको साम्प्रदायिक तनाव र सामाजिक सद्भावमा असर पर्ने गतिविधिलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा निगरानी तथा सुरक्षा व्यवस्था थप कडा बनाइएको जनाएको छ। साथै, शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई संयम अपनाउन तथा कानुनविपरीतका गतिविधिमा संलग्न नहुन पनि प्रहरीले आग्रह गरेको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन