स्वास्थ्य

रिठाचौपाता प्रहरीको मानवीय कार्य : व्यथाले च्यापिएकी गर्भवतीको स्टेचरमार्फत उद्धार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दार्चुला, २१ साउन। दार्चुलाको लेकम गाउँपालिका–५, रिठाका एक गर्भवती महिलालाई व्यथा लागेपछि बीच बाटोबाट उद्धार गरी स्वास्थ्य संस्थासम्म पुर्‍याइएको छ।

रिठा निवासी उद्दब सिंह धामीकी श्रीमती सुतिता धामीलाई अचानक प्रसव व्यथा सुरु भएपछि स्वास्थ्य संस्थासम्म पुग्न कठिन भएको अवस्थामा रिठाचौपाता इलाका प्रहरी चौकीका प्रहरी टोली उद्धारमा खटिएको हो।

प्रहरी हवल्दार वीर सिंह साउदको कमान्डमा खटिएको तीन सदस्यीय प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा गर्भवती धामीलाई स्टेचरमा बोकेर दुर्गम तथा कठिन बाटो पार गर्दै रिठाचौपाता स्वास्थ्य चौकीसम्म सुरक्षित रूपमा पुर्‍याएको प्रहरीले जनाएको छ।

समयमै प्रहरी र स्थानीयवासीको सक्रियताका कारण गर्भवती महिलालाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सम्भव भएको बताइएको छ। दुर्गम क्षेत्रमा सडक तथा यातायातको सहज पहुँच नहुँदा यस्ता आकस्मिक अवस्थामा प्रहरी र स्थानीय समुदायको समन्वयले नागरिकको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेल्ने गरेको छ।

रिठाचौपाता इलाका प्रहरी चौकीले गरेको यो मानवीय तथा परोपकारी कार्यको स्थानीयवासीले प्रशंसा गरेका छन्। संकटको घडीमा नागरिकको सेवामा प्रहरी सधैं अग्रपंक्तिमा रहेको सन्देश यस घटनाले पुनः पुष्टि गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।