अवर्गीकृत

कैलारी आधारभूत अस्पताल (१५ शैय्या) सञ्चालनमा, गाउँपालिका अध्यक्ष चौधरीद्वारा उद्घाटन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हसुलिया, २१ साउन । कैलालीको कैलारी गाउँपालिका–५ बैजपुरमा निर्माण सम्पन्न कैलारी आधारभूत अस्पताल (१५ शैय्या) को बुधबार एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष राजसमझ चौधरी ले अस्पतालको उद्घाटन गर्दै स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने दिशामा यो अस्पताल महत्वपूर्ण उपलब्धि भएको बताए।

अस्पताल उद्घाटनसँगै नियमित स्वास्थ्य सेवा पनि औपचारिक रूपमा सञ्चालनमा आएको छ। स्वास्थ्य प्रमुख नरेश चौधरी का अनुसार अस्पतालबाट बहिरंग (OPD) सेवा, प्रयोगशाला (ल्याब) सेवा, फार्मेसी सेवा, एक्स–रे (X-ray) सेवा, ईसीजी (ECG) सेवा, परिवार नियोजन सेवा, खोप सेवा लगायतका आधारभूत स्वास्थ्य सेवाहरू प्रदान गर्न थालिएको छ।

उनले अस्पताल सञ्चालनमा आएपछि सामान्य उपचारका लागि टाढाका अस्पताल धाउनुपर्ने स्थानीयवासीको बाध्यता कम हुने विश्वास व्यक्त गर्दै क्रमशः थप सेवा विस्तार गरिने जानकारी दिए।

उद्घाटन कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, बरघर तथा भलमन्सा, जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, सामाजिक अगुवा तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले अस्पताल सञ्चालनमा आएपछि गाउँपालिकाका नागरिकले आफ्नै स्थानीय तहबाट सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा व्यक्त गरेका थिए।

स्थानीय तहको पहलमा निर्माण सम्पन्न भएको उक्त १५ शैय्याको अस्पतालले कैलारी गाउँपालिकाका साथै आसपासका क्षेत्रका बासिन्दालाई समेत प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास गरिएको छ। अस्पताल सञ्चालनसँगै स्थानीय स्वास्थ्य सेवाको पहुँच विस्तार हुनुका साथै समयमै उपचार सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।