बुढीगंगा नदीमा दुई दिनदेखि फसेको गाईको एपीएफद्वारा सकुशल उद्धार

बुढीगंगा नदीमा आएको तीव्र बहावका कारण नदीको बीचभागमा दुई दिनदेखि फसेको एउटा गाईलाई सशस्त्र प्रहरी बल (एपीएफ) ले सकुशल उद्धार गरेको छ।
दुवैतर्फको पानीको बहाव अत्यधिक भएका कारण गाई न त किनारातर्फ आउन सक्ने अवस्थामा थियो, न सुरक्षित स्थानतर्फ जान सक्ने अवस्था नै थियो। दुई दिनसम्म भोक, प्यास, डर र त्रासका बीच नदीको बीचभागमै उद्धारको प्रतीक्षामा रहेको उक्त निरीह जीव अन्ततः सुरक्षित रूपमा बाहिर निकालिएको हो।
सशस्त्र प्रहरी बल नेपाल, एपीएफ खप्तड गुल्मका सुरक्षाकर्मीहरूले आफ्नै ज्यानको जोखिम मोलेर उद्धार अभियान सञ्चालन गरेका थिए। कठिन परिस्थितिका बीच निरन्तर प्रयासपछि गाईलाई सकुशल उद्धार गर्न टोली सफल भएको हो।
बोल्न नसक्ने निरीह जीवको जीवन बचाउन एपीएफले देखाएको साहस, सेवाभाव र मानवता प्रशंसनीय रहेको छ। यस कार्यले मानवता अझै जीवित रहेको सन्देश दिएको भन्दै उद्धारमा खटिएका सम्पूर्ण एपीएफ टोलीप्रति स्थानीयवासीले सम्मान र आभार व्यक्त गरेका छन्।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
