घटना

ट्रकको ठक्करबाट बर्दगोरियामा स्कुटर चालक महिलाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

बर्दगोरिया गाउँपालिका–१ स्थित मुडा पुल नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्थानीय साबित्रा सापकोटाको मृत्यु भएको हो।

प्रहरीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी सापकोटाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरीले आवश्यक मुचुल्का तयार गर्नुका साथै अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

दुर्घटनामा संलग्न ट्रक र चालकको पहिचान तथा दुर्घटनाको विस्तृत कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।