बढैयातालकी स्मृति अधिकारी १५ दिनदेखि सम्पर्कविहीन

बर्दिया, १ भाद्र । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–भोलागौडी जोरपिपलकी स्मृति अधिकारी करिब १५ दिनदेखि सम्पर्कविहीन भएकी छन्।
परिवारका अनुसार स्मृति साथीको जन्मदिनमा जाने भन्दै घरबाट निस्किएकी थिइन्। त्यसपछि उनी घर नफर्किएको र परिवारसँग समेत कुनै सम्पर्क नभएको बताइएको छ। लामो समयदेखि सम्पर्कविहीन भएपछि उनको अवस्थाबारे परिवार चिन्तित बनेको छ।
परिवारले स्मृति अधिकारीलाई कसैले देखेको, भेटेको वा उनको अवस्थाबारे कुनै जानकारी पाएको भए तत्काल ९७०७०३३३०२ वा ९८०५५८४२०२ नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन अनुरोध गरेको छ।
साथै, स्मृतिको खोजीमा सहयोग पुग्ने भएकाले उक्त सूचना सकेसम्म धेरै शेयर गरिदिन परिवारले सर्वसाधारणसँग अपिल गरेको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
