अर्थ

नेपालमै बनेको सिप्रदी यात्री पी–२ स्कुटर सार्वजनिक, एकपटक चार्जमा २०७ किलोमिटरसम्म रेन्ज

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपालमै निर्माण गरिएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ सार्वजनिक गरिएको छ। यात्रीले पी–२ लाई तीनवटा भेरियन्टमा बजारमा ल्याएको हो।

पी–२ को टप भेरियन्टमा ५.२ किलोवाट–घण्टा (kWh) क्षमताको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा २०७ किलोमिटरसम्म यात्रा गर्न सक्छ। त्यस्तै, मिड भेरियन्टमा ३.२ kWh ब्याट्री रहेको छ भने यसले १६२ किलोमिटरसम्म रेन्ज दिनेछ। लो भेरियन्टमा ३.० kWh ब्याट्रीसहित १४० किलोमिटरसम्म रेन्ज उपलब्ध हुने कम्पनीले जनाएको छ।

पी–२ को अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ। १ हजार ३५० वाटको चार्जर प्रयोग गर्दा ब्याट्रीलाई शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २.५ घण्टा लाग्ने जनाइएको छ।

यस्तै, ३ हजार ३०० वाटको डीसी फास्ट चार्जरमार्फत ब्याट्रीलाई २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न ४१ मिनेट मात्र लाग्ने कम्पनीको दाबी छ।

पी–२ प्रयोगकर्तालाई सहज चार्जिङ सुविधा उपलब्ध गराउने उद्देश्यले नेपालका ३५ शहरमा चार्जिङ स्टेसन सञ्चालनमा रहेको यात्रीले जनाएको छ।

नेपालमै निर्माण गरिएको पी–२ मार्फत उच्च रेन्ज, फास्ट चार्जिङ प्रविधि तथा फरक–फरक ब्याट्री क्षमताका विकल्प उपलब्ध गराउँदै विद्युतीय सवारीको बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने लक्ष्य यात्रीले लिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।