घटना

चिप्ले झरनामा एक जनाको मृत्यु भएपछि पर्यटकलाई फर्काउँदै प्रहरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली, ९ भाद्र । कैलाली कैलालीको चुरे गाउँपालिकास्थित चिप्ले झरनामा डडेल्धुराका खगीराज पन्तको मृत्यु भएपछि पनि झरना घुम्न जाने पर्यटकको संख्या रोकिएको छैन।

घटनापछि प्रहरीले सुरक्षा सतर्कता अपनाउँदै चिप्ले झरना एक साताका लागि बन्द गरेको जनाएको छ। तर, झरना बन्द गरिएको जानकारी नहुँदा तथा घुम्न आउने पर्यटकको क्रम नरोकिएपछि प्रहरीले झरना प्रवेशस्थलबाटै पर्यटकलाई फर्काउन थालेको छ।

प्रहरीले झरना क्षेत्रमा पुनः कुनै अप्रिय घटना हुन नदिन तथा पर्यटकको सुरक्षालाई मध्यनजर गर्दै अस्थायी रूपमा प्रवेशमा रोक लगाएको जनाएको छ।

एक सातासम्म झरना बन्द रहने भएकाले उक्त अवधिमा चिप्ले झरना भ्रमणमा नआउन प्रहरीले पर्यटक तथा सर्वसाधारणलाई आग्रह गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।