सर्वोच्चमा मेयर बालेनविरुद्ध अवहेलना मुद्दामाथि सुनुवाइ

काठमडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहविरुद्ध अदालतको अवहेलनामा मुद्दामा सर्वोच्चमा आज सुनुवाइ भएको छ ।
अधिवक्ता दीपकराज जोशीले दायर गरेको अदालतको अवहेलनासम्बन्धी रिटउपर न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको हो ।

नर्भिकको अनधिकृत संरचना नभत्काउन सर्वोच्चले अन्तरकालीन आदेश दिएको थियो । त्यो आदेशविरुद्ध बालेनले ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी स्टाटसमार्फत टिप्प्णी गरेका थिए ।
उक्त मुद्दाको सुनुवाइ भइसकेपनि आदेश आउन बाँकी छ ।
पछिल्लोपटक भदौ ५ गते बालेनले मुद्दाको पेसी नआएकोप्रति व्यंग्य गरेका थिए ।
उनले सामाजिक सञ्जालमा अदालतलको ढिलासुस्तीलाई कटाक्ष गर्दै आफ्नो फोटो एडिट गरेर वृद्धजस्तो देखिने बनाइ त्यसमा ‘नर्भिकको पेसी पर्खँदै’ लेखेर सेयर गरेका थिए ।
‘अल्पकालीन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन सायद यो कार्यकाल पछि आउँछ कि !’, उनले लेखेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
