अर्थटीकापुर

टीकापुरमा ओरालो लागेको व्यापार माथी उकास्न लागी पर्ने छौ : सापकोटा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर
टीकापुर उद्योग वाणिज्य संघको आगामी १८ भदौमा हुनलागेको निर्वाचनको निम्ति मंगलबार आफ्नो प्यानल घोषणा गर्दै अध्यक्षपदका उमेदवार चक्रपाणी सापकोटाले टीकापुरमा ओरालो लागेको व्यापार आफ्नो टीमले जिते माथी उकास्ने उद्घोष गरेका हुन।

टीकापुरको सिद्धार्थ होटेलमा सापको्टा नेतृत्वमा प्यानलले पत्रकार सम्मेलन गरि आफ्नो उम्मेद्बारीको लक्ष्य संगै प्यानल घोषणा गरिएको हो । सापकोटा टीकापुर उद्योग वाणिज्य संघका वर्तमान उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँ टीकापुरको पुरानोृ स्थापित व्यापारी हुन उहाँको न्यू राजु इम्पोरियम नाममा हुन्डा मोटरसाइकल व्यापार संचालन छ।

बिज्ञापन
टीकापुर उद्योग वाणिज्य संघको निर्वाचनको निम्ति तयार सापकोटा प्यानलको पुर्ण टीम

उक्त प्यानलमा उपाध्यक्षमा उद्योग तर्फ जगत चौधरी, वाणिज्य तर्फ कृष्ण प्रसाद उपाध्याय (वजगाई) रहनु भएको छ । चौधरी स्थानिय परशु इट्टा उद्योगको सञ्चालक हुनुहुन्छ भने बजगाँई जैमनी स्टोर एण्ड सप्लायर्सका सञ्चालक हुनुहुन्छ यि दुबै व्याक्तित्व पनि टीकापुरका निकै लोकप्रिय रहेको व्यावसायिको बुझाइ छ।

यस्तैे् महासचिवमा परमानन्द पाण्डे, सचिवमा तपेन्द्र कुँवर र कोषाध्यक्षमा हरिलाल डगौरा थारु रहनु भएको छ । पाण्डे दृष्ट्रि अडर एण्ड सप्लायर्सका सञ्चालकहुन भने लामो समय सम्म पत्रकारिता क्षेत्रमा रहेरकाम गरिसकेका छ्न कुँवर इनद्रेनी काष्ठका सञ्चालक, थारुअनिता साइकल स्टार्सका सञ्चाचलक हुनुहुन्छ ।

यस्तै सदस्यमा सदस्यमा प्रकाश उपाध्याय (तिमिल्सैना) पृथ्वी ढुँगाना,बमबहादुर वली, हेमन्त रावल, नमराज देवकोटा, विनोद शर्मा ( बरही), दुर्गा शाहु, जितबहादुर चौधरी पंछी, माया वागदास र पार्वती महतोे रहनुभएको छ ।
सदस्यमा उम्मेद्धारी घोषणा गरिएका प्रकाश उपाध्याय तिमिल्सैना स्थानिय महालक्षमी गार्मेन्ट र महालक्ष्मी फुड प्रोडक्टका सञ्चालक हुनुुहन्छ । यस्तै ढुुँगाना शुभ लक्ष्मी अपसेट प्रेसका सञ्चालक हुनुहुन्छ भने वली मोलोझ पोल्ट्री फर्मका सञ्चालक रहनु भएको छ । सदस्यमा उम्मेद्धारी घोषणा गरिएका देवकोटा ओम देवकोटा जनरल स्टार्सका सञ्चालक हुनुहुन्छ भने विनोद शर्मा माँ सरस्वती ट्रेड एण्ड सप्लायर्स तथा दुर्र्गा शाहु जय मातादी गोल्ड प्यालेसका सञ्चालक हुनुहुन्छ ।

यस्तै सदस्यका उम्मेद्धार रावल न्यू जाँनकी ट्रेड एण्ड सप्लायर्सका सञ्चालक हुनुहुन्छ भने जितबहादुर चौधरी पंछी सुसन ट्रेडर्सका सञ्चालक हुनुहन्छ । यस्तै माया बागदास स्थानिय न्यू जेपी ट्रेड सेन्ँटरका सञ्चालक तथा पावर्ती महतो एस के ट्रेडर्सका सञ्चालक हुनुहुन्छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।