घटना

सुन तस्करीमा संलग्न गृहमन्त्रीका ‘पीएसओ’लाई गणमा थुनेर अनुसन्धान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रहरी प्रधान कार्यालयले सुन तस्करसँग साठगाँठ गरेको आरोप लागेका गृहमन्त्रीका अंगरक्षकलाई एक नम्बर गणमा थुनेर अनुसन्धान थालेको छ।

प्रहरी वरिष्ठ नायव निरीक्षक (सिनियर सई) टंक कार्कीलाई हेडक्वार्टरसँगैको एक नम्बर गणमा थुनेर अनुसन्धान थालिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए ।

यसअघि भदो ७ गते प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै कार्कीबारे मिडियामा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको थियो। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले सई कार्कीबारे अनुसन्धान भइरहेको र दोषी देखिए कारबाही हुने बताएका थिए।

एक युवकलाई असार १६ मा प्रहरी वृत्त गौशालाले थुनेको थियो । तर, थुनामा रहेका व्यक्तिको गाडीमा रहेको ४ लाख रुपैयाँ उनै सई कार्कीले गायब बनाएको आरोप छ । थुनामा परेका व्यक्तिलाई सई कार्कीले धम्क्याएर रकम असुल्न खोजेको आरोप पनि छ । त्यसअघि असार ९ मा दुबईबाट ५ जना मानिस ५० ग्राम सुनसहित आएका थिए । तर, सुन पठाउनेले भनेको मानिसलाई सुन नदिएर अरूलाई दिएपछि सई कार्कीले सुन पठाउने मानिसको योजनाअनुसार काम गरेको आरोप लागेको छ ।

मन्त्री खाणका पीएसओ रहेका वरिष्ठ सई कार्की मन्त्रीको अघि पछि हिँड्ने सुरक्षा समूहका सदस्य हुन् । यसअघि खाण रक्षामन्त्री हुँदा पनि उनी सोही समूहमा थिए । खाण गृहमन्त्रीमा नियुक्त भएपछि उनी अगुवा गाडीमा हिँड्न थालेका हुन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।