आस्था /आध्यात्म

थारू गाउँमा सख्याको रौनक

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

करीब एक महीनासम्म नाचिने सख्या नाच महाभारत कथासँग सम्बन्धित रहेको थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरी बताउँछन्। सख्या नाच भदौ महीनामा गरिने हार्‍या गुरै पूजा शुरू गरी बडादशैंसम्म एक हप्तासम्म सामूहिक रूपमा मादल र मञ्जिराको साथमा गीत गाउँदै नाचिन्छ। 

सख्या नाच लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशको सुर्खेत जिल्लाका रहेका थारू बस्तीमा नाचिन्छ। यो नाच विशेष गरी रातको समयमा मटावा/बडघर/भल्मन्साको आँगनमा नाचिने चौधरीले बताए।

बिज्ञापन

थारू संस्कृतिविद् अशोक थारू सख्या लोककाव्य र महागाथा भएको बताउँछन्। सखियालाई थारू भाषामा सख्या भनिन्छ। साथी साथी मिलेर नाचिने भएकाले पनि यो नाचलाई सख्या भनिएको थारू अगुवाहरू बताउँछन्।

सख्या नाच नवमीदेखि साँझदेखि रातिसम्म नाचिन्छ। सख्यामा कम्तीमा पनि १० देखि ३०-४० जना नाच्छन्। महिलाको दुई र पुरुषको एउटा समूह हुन्छ।

महिलाहरूको एउटा समूहको नेतृत्व मोह्रिन्या (मुख्य व्यक्ति)ले गर्छन्‚ अर्को समूहको पछगिन्या (दोस्रो व्यक्ति)ले गर्छन्। सख्या गीत गाउँदा पहिलो पटक मोह्रिन्याको समूहले र दोस्रो पटक पछगिन्याको समूहले गाउँछ। जुन समूहले गीत गाउँछ त्यही समूहतर्फ पुरुषले मादल बजाउँछन्। सख्या नाचसँगै बीचबीचमा पैया नाच पनि नाचिन्छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।