राजनीति

निर्वाचन आयोगलाई माधव नेपालको जवाफ– फ्री भिसा, फ्री टिकट भनेको छैन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा रौतहटको निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार माधवकुमार नेपालले ‘फ्री भिसा र फ्री टिकट’ दिने भनेर मतदाता प्रभावित पार्ने अभिव्यक्ति नदिएको बताउनुभएको छ । उहाँले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ पठाउँदै निर्वाचन प्रचारको क्रममा आफूले कुनै पनि मतदातालाई प्रलोभन देखाएको अभिव्यक्ति नदिएको दाबी गर्नुभएको छ ।

‘पत्रमा भनिएजस्तो निर्वाचनको सिलसिलामा मैले कुनै उम्मेदवार वा मतदाता वा निजमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति वा निर्वाचन अधिकृत वा निर्वाचनमा संलग्न कुनै कर्मचारीलाई कुनै किसिमको प्रभाव पार्ने कार्य गरेको छैन,’ नेता नेपालले चार बुँदे जवाफमा भन्नुभएको छ । आफूले कसैलाई कुनै किसिमको प्रलोभन देखाउने कामकारबाही नगरेको उहाँको स्पष्टीकरण छ ।

बिज्ञापन

आयोगले प्रचारप्रसारको क्रममा नेता नेपालले निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी मतदातालाई ‘फ्री भिसा र फ्री टिकट’ को प्रलोभन देखाएको भन्दै गत कात्तिक ३ गते स्पष्टीकरण सोधेको थियो ।

नेपालले जनसमक्ष आफ्नो विचार राख्ने कुरा संविधानप्रदत्त राजनीतिक दलले प्रयोग गर्न पाउने अधिकार भएकाले सोहीअनुसार गरेको समेत बताउनुभएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।