मनोरञ्न

आमा बनेपछि श्वेता लेख्छिन्, ‘यो मेरो जीवनको सबैभन्दा ठूलो अवार्ड हो’

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मंगलवार छोरीलाई जन्म दिएकी लोकप्रिय अभिनेत्री श्वेता खड्काले आफूले जीवनको सबैभन्दा ठूलो अवार्ड पाएको बताएकी छन् । मंगलवार साँझ सामाजिक सञ्जालमा छोरीको तस्विर साझेदार गर्दै उनले छोरीको जन्मलाई सबैभन्दा अमुल्य प्राप्ति र बहुमूल्य सम्पत्ति भनेकी छन् । संसारकै सबैभन्दा सुन्दर शब्द आमाबाट सम्बोधित हुन पाएकोमा उनी आफूलाई भाग्यमानी नारी मान्छिन् । 

अभिनेत्री खड्काले फेसबुकमा लेखेकी छन्, ‘मेरो जीवनमा खुसीको अर्को अध्याय थपिएको छ । खुशीको अर्को रङ्ग पोतिएको छ अनि आशाको अर्को दिप झुल्किएको छ । मेरो दाम्पत्य जीवनमा एउटी सुन्दर, सुशील र अवोध सुपुत्रीको आगमनसँगै जीवनको अर्को पाटो सुरु भएको छ । मैले संसारकै सबैभन्दा सुन्दर शब्द ‘आमा’बाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाएकी छु । यो मेरो जीवनको सबैभन्दा ठूलो अवार्ड हो, सबैभन्दा अमुल्य प्राप्ति अनि बहुमुल्य सम्पत्ति हो ।’ 

बिज्ञापन

उनले प्रशव अवस्थामा स्वास्थ्यको कामना गरेर आफूप्रति सहानुभूति जनाउने आफन्त, परिवार र शुभचिन्तकलाई आभार प्रकट गर्दै श्रीमान् विजयन्द्र सिंह रावतप्रति माया दर्शाउँदै अगाडि लेखेकी छन्, ‘मेरो काखमा मुसुक्क मुस्कुराई रहेकी सानी ‘परी’लाई यो खुल्ला आकाश अनि सुन्दर धर्तीमा हार्दिक स्वागत ।’ उनले काठमाडौंको ग्रान्डी सिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

श्वेता २०७७ साल मंसिर २२ गते विजयन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । विवाहपूर्व उनीहरु २ वर्ष प्रेम सम्बन्धमा थिए । फिल्म ‘कहाँ भेटिएला’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी श्वेता विजयन्द्रसँग विवाह बन्धनमा बाँधिएपछि अभिनयबाट टाढा छिन् । उनी पछिल्लो पटक फिल्म ‘कान्छी’मा देखिएकी थिइन् । अब उनी बच्चा हुर्किएपछि मात्र फिल्म अभिनयमा फर्किने छिन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।