गठबन्धनले निर्वाचन अगावै आफ्ना उमेद्वारलाई प्रतिनिधि सदस्य तथा प्रदेश सभा सदस्य लेख्यो

कैलाली १६ कार्तिक,कैलाली जिल्ला क्षेत्र नम्बर १ प्रदेश (क)को गठबन्धनको निर्वाचन सम्पर्क कार्यलयमा निर्वाचन अगावै गठबन्धनले आफ्ना उम्मेदवार लाई निर्वाचित जस्तै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य लेखेर निर्वाचन सम्पर्क कार्यलयमा ब्यानर राखेको छ।

कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसका उमेदवार रामजनम चौधरी तथा माओवादी केन्द्रका प्रदेश सभा (क)बाट गठबन्धनका उमेदवार दीर्घ बिनाडीको नाम उल्लेख गर्दा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य लेखेको ब्यानर जोशीपुर स्थित सम्पर्क कार्यलयमा राखेको छ।


अन्य पार्टी हरुका कार्यलय हरुमा प्रतिनिधि सभा सदस्यका उम्मेद्बार तथा प्रदेश सभा सदस्यका उम्मेद्बार लेख्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.