राजनीति

तीन पार्टीबाट तीन जना एक जना स्वतन्त्र गरि ४ एमाले प्रवेश

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली १७ कार्तिक नेकपा एमालेको निर्वाचन सम्पर्क कार्यलय उद्घाटनको क्रममा विभिन्न पार्टी बाट ४ जना एमाले प्रवेश गरेका छ्न।

कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर १को जानकी गा.पा-६मा एमाले पार्टीको सम्पर्क कार्यलय उद्घाटनको क्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर-१का उम्मेद्बार तपेन्द्र बहादुर रावलले नेकपा एमालेको चुनाव चिन्न सुर्यको लोगो लगायर नव प्रवेशिलाइ स्वागत गर्नु भएको हो।

बिज्ञापन

जानकी गाउँपालीकाको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका स्थानीय तहमा दलितमहिला सदस्यका उम्मेद्बार सान्ती विश्वकर्माका श्रीमान माओवादी केन्द्रका संगठित सदस्य केशर बहादुर बि.क एमाले प्रवेश गरेका छ्न अर्का नागरिक उन्मुक्ति पार्टी बाट शंकर चौधरी , नेपाली काङ्ग्रेस बाट तिल वीर गिरि ,गरि ३ जना एमालेमा प्रवेश गरेका छ्न भने नेकपा एमालेको राष्ट्रिय स्वधिनताको महत्त्वपूर्ण एजेन्डा प्रति आकर्षित भएर स्वतन्त्र युवा गौतम गिरि पनि आज बाट नेकपा एमालेको इमानदार कार्यकर्ता भएर काम गर्ने प्रतिबद्धता सहित एमाले प्रवेश गरेका छ्न ।

नवप्रवेशि चार जनाले एउटै आवाजमा देशलाई सहिकार्यदिशा दिन दृष्टिकोण एमाले बाहेक अन्य पार्टी हरुमा नरहेकोले अब देश बनाउन चाहाने सबैले एमालेमा जोडिनु पर्ने बताउदै आ आफ्ना विचार राखेका हुन।

उक्त कार्यक्रमको अध्यक्षता एमाले निर्वाचन समिति प्रदेश संयोजक प्रेम चौधरीले गर्नुभएको थियो
प्रमुख अतिथि प्रतिनिधि सभा सदस्यका उम्मेदवार तपेन्द्ररावल ,जनता समाजवादी पार्टीका प्रदेश सभा( क)उम्मेद्बार भगत राम चौधरी ,नेकपा एमाले प्रदेश सचिवालय सदस्य शुकदया चौधरी ,कमला शाही , लगायतको आतिथ्य रहेको थियो भने कार्यक्रमको सञ्चालन जनता समाजवादी पार्टीका मुख्य सचीव राजु गरेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।