राजनीति

चुनाव बहिष्कार गर्ने सूचीमा स्वतन्त्र नागरिक समूह पनि थपियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही । स्वतन्त्र नागरिक समूह नेपालले आगामी मंसिर ४ मा हुने निर्वाचन बहिस्कार गर्ने भएको छ ।

अहिले जारी भएको संविधान नै गलत भएको भन्दै नयाँ संविधान जारी गर्न माग सहित समूहले शान्तिपूर्ण आन्दोलनको रूपमा निर्वाचन बहिस्कार गर्ने जनाएको हो ।

बिज्ञापन

बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी समूहका अध्यक्ष विश्वराज गैरेले गलत बाटोबाट ल्याइएको धर्मनिरपेक्षता र आवश्यकता नभएको संघीयता तथा एमसीसी परियोजना देशको राष्ट्रियता र स्वाधीनताकामाथिको कलङ्क भएको भन्दै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कार गर्ने जनाएका हुन् ।

यसअघि विप्लव नेतृत्वको नेकपा, विप्लवबाट विभाजित धर्मेन्द्र बाँस्तोलाको नेकपा बहुमत, आहुती र मोहन वैद्यको कम्युनिष्ट पार्टीले पनि निर्वाचन बहिष्कारको निर्णयसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।