घटना

डोटीका भूकम्प पीडितलाई एमालेको एक लाख सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः नेकपा एमाले डोटीले भूकम्प पीडितको राहत तथा उद्धारका लागि जिल्ला व्यवस्थापन समितिलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। एमाले जिल्ला अध्यक्ष चक्र मल्लले सहयोगको घोषणा गरेका हुन्।

बुधवार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँ पुगेर पीडितहरुलाई भेटेका मल्लले भूकम्प पीडितहरुको उद्दार र राहतमा सहयोग पुगोस् भनेर उक्त रकम दिने निर्णय गरेको जानकारी दिए। मल्लले उक्त रकम जिल्ला विपद व्यवस्थापन समितिलाई तत्कालै उपलव्ध गराउने बताए।

बिज्ञापन

उनी डोटी प्रदेश सभा क्षेत्र “१” का लागि उम्मेदवार समेत छन्। पार्टीले गर्ने सहयोगको विषयमा आफूले आधिकारिक रुपमा डोटीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको समेत उनले बताए। भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँका ६ जनाले ज्यान गुमाएका छन् भने ५ जना गम्भिर घाइते भएका छन्। घाइतेहरुलाई उपचार जारी छ। भूकम्पका कारण ८ घर पूर्णरुपमा क्षति भएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।