आस्था /आध्यात्म

आध्यात्मिकताले मानवतालाई सुन्दर रुप प्रदान गर्दछ– सत्गुरु माता सुदीक्षा जी महाराज

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

समालखा (हरियाणा), ४ मंसिर । ‘आध्यात्मिकताले मनुष्यको आन्तरिक अवस्थामा परिवर्तन ल्याएर मानवतालाई सुन्दर रुप प्रदान गर्दछ’ उक्त कुरा निरंकारी सत्गुरु माता सुदीक्षा जी महाराजले ७५औं वार्षिक सन्त समागममा लाखौंको संख्यामा उपस्थित विशाल मानव परिवारलाई सम्बोधन गर्दै बताउनु भएको हो ।

निरंकारी आध्यात्मिक स्थल, समालखा (हरियाणा) को विशाल मैदानमा यही नोभेम्बर १६ देखि २० गतेसम्म आयोजना भएको यस दिव्य भेलामा विश्वभरका विभिन्न क्षेत्रका तथा विभिन्न सांस्कृतिक पृष्ठभूमिका लाखौं भक्तजनहरुको सहभागिता रहेको थियो । दिव्यताको यो अलौकिक रंग हेर्दा समस्त समागम चोकमा वसुधैव कुटुम्बकमको अनुपम दृश्य प्रतिबिम्बित भएको देखिन्छ ।

बिज्ञापन

मनको अवस्थामाथि प्रकाश पार्दै सत्गुरु माता जीले भन्नुभयो कि यो परमपिता परमात्मा हृदयमा वास गर्दा अज्ञानरूपको अन्धकार नाश भएर मनमा रहेका सबै विकृतिको अन्त्य हुने बताउनुभयो । परमात्मा शाश्वत र सर्वव्यापी हुनुहुन्छ, जसको दिव्य ज्योति निरन्तर चम्किरहन्छ । जब ब्रम्हज्ञानी भक्तले आफ्नो मन परमात्मासँग जोड्छ, तब उसलाई सांसारिक चीजहरूको कुनै असर हुँदैन । त्यसपछि उसले हरेक परिस्थितिमा सन्तुलित ढंगले व्यवहार गर्छ र त्यो उसको स्वभाव बन्छ ।

सत्गुरु माता जीले अगाडि भन्नुभयो कि आध्यात्मिकताको मार्गमा अगाडि बढ्दै हाम्रो सामाजिक हैसियत, वर्ण वा धार्मिक आस्था आदि कहिल्यै बाधा नबन्ने बताउनुभयो किनभने सन्तहरूमा आफ्नो कर्म र व्यवहारबाट सबैलाई स्वाभाविक रूपमा स्वीकार गर्ने भावना हुन्छ । परमात्मासँगको हाम्रो वास्तविक सम्बन्ध आध्यात्मिक हो, जब यो महसुस हुन्छ, जीवन सुखी र आनन्दमय हुन्छ ।

यसअघि सत्संग समारोहमा निरंकारी राजपिता रमित जीले आफ्नो सम्बोधनमा भन्नुभयो कि सत्कर्म, मानवता र नैतिकता आदिको कुरा निरन्तर भइरहन्छ तर त्यसमा आध्यात्मिकतालाई पनि जोड्नुपर्छ किनभने आध्यात्मिकतामा कर्ता, पश्चाताप वा डरको भावना हुँदैन । त्यसको साटो त्यहाँ भगवानप्रति पूर्ण समर्पणको भावना हुन्छ । सच्चा भक्तले परमात्माको ज्ञान प्राप्त गरेर आफ्नो वास्तविक स्वरूप र स्वभाव प्राप्त गर्दछ । यस आध्यात्मिक पृष्ठभूमिले त्यसमा मानवताका दैवी गुणहरू स्वतः जन्माउँछ जुन स्वाभाविक रूपमा त्यसको कार्य र व्यवहारमा झल्किन्छ । आज मानवताको यो मिशनले यी परोपकारी भावनाहरू सारा संसारमा पुरयाइरहेको छ ।

गान्धी ग्लोबल परिवारद्वारा सत्गुरु माता सुदीक्षा जी महाराज शान्ति दूतबाट सम्मानित


आज निरंकारी सत्गुरु माता सुदीक्षा जी महाराजलाई सत्संग समारोहमा गान्धी ग्लोबल परिवारद्वारा शान्तिदूत सम्मानले सम्मान गरिएको थियो । गान्धी ग्लोबल परिवारका अध्यक्ष पद्मभूषण गुलाम नबी आजादले मुख्य मञ्चमा विराजमान सत्गुरु माता जीलाई यो सम्मान प्रदान गरेका थिए । उक्त अवसरमा उहाँसँग संगठनका उपाध्यक्ष पद्मश्री डा. एसपी वर्मा र सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्रीमती इन्दिरा बनर्जी उपस्थित हुनुहुन्थ्यो । सम्मान गरिसकेपछि आफ्नो भावना व्यक्त गर्दै श्री गुलाम नबी आजादले सत्गुरु माता सुदीक्षा जी महाराजको पावन छत्रछायामा यस दिव्य सन्त भेलामा सहभागी भक्तजनहरू प्रेमको सन्देश दिन मात्रै भेला भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो कि विश्वका ऐतिहासिक लडाईका साथसाथै पानीपतलाई सन्त फकिरको भूमि भनेर पनि चिनिएको उनले बताए । सतगुरु माता जीले आज यहाँबाट सम्पूर्ण विश्वलाई प्रेम र भ्रातृत्वको सन्देश दिईरहनुभएको उहाँले बताउनुभयो ।

कवि दरबार


निरंकारी सन्त समागममा आजको मुख्य आकर्षण रह्यो एक बहुभाषीय कवि दरबार जसको शीर्षक थियो ‘अध्यात्मवाद र मानवता एक साथ’ । यसै विषय–वस्तुमा आधारित बहुभाषिक कवि दरबारमा भारत तथा विदेशका २२ कविहरूले हिन्दी, पञ्जाबी, उर्दू, हरियाणवी, मुलतानी, अंग्रेजी, मराठी र गुजराती भाषामा कविता वाचन गरेका थिए । मञ्चमा अमूर्त भावले भरिएका यी कविताहरूको सुन्दर प्रस्तुति देखेर दर्शकहरुले ताली बजाएर खुशी व्यक्त गर्नुको साथै कवि दरबारको भरपूर प्रशंसा गरेका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।