अवर्गीकृत

कैलाली-२ मा माओवादीका बडुवाल पहिलो स्थानमा, एमालेका रावल दोस्रो स्थानमा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार भगत बडुवालको अग्रता छ। मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुण चौधरी तेस्रो स्थानमा झरेका छन्।

नेकपा एमालेका उम्मेदवार झपटबहादुर रावल दोस्रो स्थानमा आएका छन्। कुल २६ हजार ६५१ मत गणना सकिंदा बडुवालले ८ हजार २९० मतसहित अग्रता लिएका हुन्। एमालेका उम्मेदवार रावलको ७ हजार ५०६ मत छ। उनीहरु बिचमा ७८४ मतको अन्तर छ।

बिज्ञापन

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चौधरीले ७ हजार २५४ मत ल्याएका छन्। यहाँ एक लाख चार हजार ९०६ मतदाता रहेकोमा मंसिर ४ गतेको निर्वाचनमा ६० हजार ६२९ मत खसेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।