जलवायु

तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं – हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । तराईसहित विभिन्न क्षेत्रमा तुवाँलो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बिज्ञापन

देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसबाहेक विभिन्न पहाडी क्षेत्रमा बदलीको आकलन गरिएको छ ।

राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण महाशाखाले गरेको छ ।

आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस रहेको छ भने देशकै चिसो हुने स्थान जुम्लामा माइनस ६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।