टीकापुरको खड्क स्मृति माविमा मोबाईल फोन निषेध
लोक कल्याणकारी विज्ञापन

टीकापुर, १३ पुष । खड्क स्मृति मावि टीकापुरमा मोबाई फोन निषेध गरिएको छ । यस विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुले अब विद्यालय समयमा मोबाईल फोन प्रयोग गर्न पाउने छैनन् । यदि कसैले यस नियमको उल्लघंन गरेको पाईएमा प्रयोगकर्ताको मोबाईल फोन जफत गर्नुको साथै विद्यालयको पठनपाठन क्रिषकलापबाट वञ्चित समेत गरिने विद्यालयद्वारा प्रकाशित सूचनामा जानकारी गराईएको छ ।
लोक कल्याणकारी विज्ञापन

विद्यालय समयमा मोबाईल फोन प्रोयोग हुने विषयलाई यस विद्यालयमा सरोकार राख्ने विविध पक्षहरुको गुनासो तथा विद्यालयको पठनपाठन क्रियाकलापमा आएको समस्यालाई मध्यनजर गर्दै विद्यालय समयभित्र विद्यार्थीसंग रहेको मोबाईल फोन ल्याउन र प्रयोग गर्न निषेध गरिएको विद्यालयले बताएको छ ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

