स्वास्थ तथा सरसफाइ

जाडो याममा ‘रोटा भाइरस’ संक्रमणले बालबालिकामा हुने पखाला

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं: चिसो मौसममा स्वास्थ्यमा ध्यान दिन सकिएन भने विभिन्न खालका समस्याले सताउँछ। अझ बालबालिकाहरूलाई जोगाउन धेरै कठिन हुन्छ। चिसोका कारण यो मौसममा बालबालिकालाई निमोनिया तथा कोल्ड डायरियाले सताउँछ।  पाँच वर्षभन्दा कम उमेरका बालबालिका यो समस्याबाट ग्रसित हुने गरेको पाइएको छ।

यो मौसममा मुख्यगरी रोटा भाइरस संक्रमणले गर्दा बालबालिकामा झाडापखला देखिने गरेको छ। जाडोमा बालबालिकालाई हुने झाडापखालाको ३३ प्रतिशतभन्दा बढी संक्रमणको कारण रोटा भाइरस रहेको चिकित्सक बताउँछन्। यसले गर्दा जाडो मौसम मा बालबालिकाहरूलाई लाग्ने पखालाको प्रमुख कारण नै रोटा भाइरसलाई मानिन्छ।

बिज्ञापन

चिसो मौससमा भाइरस निकै सक्रिय हुने हुँदा बालबालिकालाई सजिलै आक्रमण गर्ने र त्यसले पखाला चलाउने कान्ति बाल अस्पतालका आईसीयू तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रकाश जोशी बताउँछन्। ‘बालबालिकालाई आक्रमण गर्ने रोटा भाइरस चिसो मौसममा धेरै सक्रिय हुन्छ’, उनले भने, ‘अभिभावकले सरसफाइमा ध्यान नदिँदा तथा अन्य कारणले गर्दा यो भाइरसले आक्रमण गर्छ र झाडापखाला देखिन्छ।’

डा. जोशीका अनुसार चिसो मौसममा कान्ति अस्पतालमा हरेक वर्ष दैनिक ५ जनासम्म बालबालिका रोटा भाइरस संक्रमणको कारण झाडापखला भई अस्पतालमा आउने गरेका छन्। ‘यो सिजनमा दैनिक पाँच जनासम्म रोटा भाइरसबाट संक्रमित भई झाडापखाला लागेर बालबालिका हाम्रोमा आउँछन्’, उनले भने,‘केहीलाई त आईसीयूमा नै राखेर उपचार गर्नु पर्छ। तर यो वर्ष गत वर्षको भन्दा अलि कम बालबालिका आएको देखिन्छ।’ 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।