घटना

आफ्नै घरमा आगो लगाउँदा जलेर मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दैलेख : दैलेखको भैरवी गाउँपालिका–४ का ४० वर्षीय नरेश विकले आफ्नै घरमा आगो लगाउँदा जलेर मृत्यु भएको छ। बिकले शनिबार साँझ आफ्नै घरमा आगो लगाउँदा उनको जलेर मृत्यु भएको दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए। 

नरेशले शनिबार साँझ साढे ७ बजेतिर आफ्नै कच्ची घरमा आगो लगाएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि राति साढे ११ बजेतिर स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

बिज्ञापन

मजदुरीका लागि भारत काम गर्न गएका नरेशकी छोरीले केही महिनाअघि आत्महत्या गरेकी थिइन्। मानसिक रूपमा विक्षिप्तजस्ता देखिने नरेशले दुई दिनअघि पत्नीसहित ४ छोराछोरीलाई छिमेकीकोमा बस्न पठाई आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ। 

घर जलेर करिब ३ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।