सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक स्थगित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । सभामुखको निर्वाचनका लागि बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ । पोखरा विमान दुर्घटनामा सरकारले आज (सोमबार) राष्ट्रिय शोक बिदा दिएको हुँदा प्रदेश सभा बैठक पनि स्थगित गर्ने सर्वदलीय बैठकले निर्णय गरेको बैठकमा सहभागी एक सांसदले बताए ।

लोक कल्याणकारी विज्ञापन

आज बिहान बसेको सर्वदलिय बैठकले सभामुख चयनका लागि आज (सोमबार) बस्ने भनिएको प्रदेश सभा बैठक भोलि बिहान १० बजे सम्मको लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर कुँवरले बताए ।

लोक कल्याणकारी विज्ञापन

यसअघि दुई चरणमा भएको मतविभाजन हुँदापनि कुनैपनि दलका सभामुखका उम्मेदवारले बहुमत नल्याएपछि सोमबार बिहान ९ बजे प्रदेश सभा बैठक तोकिएको थियो । प्रदेश सभाको सभामुखका लागि कांग्रेसबाट मानबहादुर रावल र माओवादी केन्द्रबाट भीम भण्डारी सभामुखका उम्मेदवार छन् ।

बिज्ञापन

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन