घटना

गायिका निराकाे मृत्यु शोकमा आज देशभरका दोहोरी साँझ बन्द

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । यती एयरलाइन्स विमान दुर्घटनामा मृत्यु भएकी लोक गायिका निरा छन्त्यालको मृत्युको शोकमा आज देशभरका दोहोरी साँझ बन्द हुने भएका छन् ।

लोक कल्याणकारी विज्ञापन

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आइतबार बसेको आकस्मिक बैठकले आज देशभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको हो ।

लोक कल्याणकारी विज्ञापन

प्रतिष्ठानको सदस्य समेत रहेकी गायिका छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको विज्ञप्तीमार्फत जानकारी दिएकाे छ ।

बिज्ञापन

गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई अपूरणीय क्षति पुगेको प्रतिष्ठानले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
२२ वर्षिया गायिका छन्त्याल लाइभ दोहोरीकी चर्चित गायिका हुन् ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन