घटना

पत्नी र बुवालाई नग्न अवस्थामा भेटेपछि बुवाको हत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चन्द्रौटा : शिवराज नगरपालिका वडा नं १० शितलापुर बस्ने वर्ष ६४ को मगरे पासीको हत्यामा संलग्न रहेको आरोपमा मृतकको छोरा मग्निराम पासीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पासी बुधबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि प्रहरी घटनास्थलमा पुग्दा शंकास्पद देखेपछि अनुसन्धान सुरु गरेको र हत्यामा संलग्न मृतकको छोरा वर्ष ३० को मग्निराम पासी र बुहारी वर्ष २६ की मिमा पासीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख कपिलजगं शाहीले जानकारी दिए।

बिज्ञापन

मंगलबार बिहान ११ बजे खाना खान घरमा आएका वेला बुबा र पत्नी दुवैलाई नग्न अवस्थामा देखेपछि बाबुको हत्या गरेको र सोही दिन राति ११ बजे डोरीमा बांधी झुण्ड्याएको हुन सक्ने प्रहरी अनुसन्धानबाट खुलेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख शाहीले बताए।

घटनाबारे अर्को दिन बिहान ८ बजेमात्र प्रहरीलाई सूचना दिएको र प्रहरीले घटनास्थलबाट सबुद प्रमाण बरामद गरेर घटनाबारे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।