सुदूरपश्चिम प्रदेश

धनगढीबाट होटल सञ्चालक महिला पक्राउ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः धनगढीबाट होटल सञ्चालक महिला पक्राउ परेकी छिन्।

धनगढीको इन्द्रेणी होटलकी सञ्चालक राधिकादेवी विष्टलाई प्रहरीले पक्राउ गरेको हो। २०६३ सालमा जिल्ला अदालतले विष्टलाई कुटपिट मुद्दामा एक महिना कैद र ६ सय रुपैयाँ जरिवाना सुनाएको थियो। अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको प्रहरी टोलीले बिहीवार दिउँसो ४० वर्षीया विष्टलाई पक्राउ गरेको हो। उनी धनगढी उपमहानगरपालिका-४ की स्थानीय हुन्।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले कुटपिट मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेर एक महिना कैद सजाय सुनाइएकी विष्टलाई पक्राउ गरिएको बताए। उनी प्रहरीको फरार प्रतिवादीको सूचीमा रहेकी थिइन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।