घटना

अत्तरियाको पहाड रोडमा रोकिएका २ ट्रकमा आगलागी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी: कैलालीको अत्तरिया पहाड रोडको सडक किनारामा रोकिएका २ ट्रकमा आगजनी भएको छ। अत्तरियाको पहाड रोड किनारामा रोकिएका ट्रकमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ। गएराति करिब १२ बजेको समयमा ट्रकमा आगलागी भएको स्थानीयले बताएका छन्।

आगलागीबाट म १ ख ३७८ नम्बरको ट्रकको अगाडीको भाग पुरै जलेर नष्ट भएको छ भने अर्को प्रदेश ०२–०३– ००१ ख ०१६४ नम्बरको ट्रकमा आंसिक क्षति भएको जनाएको छ। आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो। आगलागी कसरी भयो भन्ने बारेमा खुल्न नसकेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताएका छन्। उनले घटनाको बारेमा अनुसन्धान गरीरहेको बताएका छन्।

बिज्ञापन

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।